हाम्रो सेवाहरु
Our Services
वैकिङ्ग सेवा  रेमिटयान्स सेवा । समुदायको लागी विभिन्न उपयोगी तालिम तथा गोष्ठीको आयोजना । सामाजिक सेवा । रोजगारीमूलक कार्यक्रमहरुको सञ्चालन । आफना ग्राहाक महानुभावहरु र...
समाचार

हाम्रो पौरखी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको वचत तथा ऋण योजना

यस संस्थाले आफ्ना सदस्यहरुको सुविधालाई ध्यानमा राखी विभिन्न किसिमका वचत तथा निक्षेप संकलनका योजनाहरु सञ्चालनमा ल्याएको छ । ग्राहक महानुभावहरुले वचत खाता सञ्चालनको समयमा रु १००/-सदस्यता शुल्क वापत संस्थामा भुक्तान गर्नुपर्ने छ । संस्थाले सदस्यहरुको लागि व्यवस्था गरिएको वचत तथा निक्षेप योजना निम्न अनुसार प्रस्तुत् गरिएको छ ।
पौरखी नियमित वचत खाता
यस खातामा संस्थाको शेयर सदस्यहरुले मासिक रुपमा रु १०००/-अनिवार्य रुपमा वचत गर्नुपर्ने छ । मासिक वचतमा १२% का दरले व्याज उपलब्ध गराइने छ । प्रत्येक ६ महिनामा व्याजलाई सावाँमा जोडिने छ । यस योजनामा जम्मा भएको रकम आर्थिक बर्षको अन्त्यमा खाता सञ्चालकहरुले शेयरमा रुपान्तरण गर्न सक्ने छ ।
पौरखी स्वेच्छीक वचत खाता
यस खातामा सदस्यहरुले न्यूनत्तम रु १००/- र सो भन्दा माथीको रकम स्वेच्छाले कार्यालय समयमा जतीपनि वचत गर्नसक्ने छ । यस खातामा मासिक न्यूनत्तम वचतमा १०.५% का दरले व्याज उपलब्ध गराइने छ । प्रत्येक ३ महिनामा व्याजलाई सावाँमा जोडिने छ । यस खातामा जम्मा गरेको रकम कार्यालय समय भित्र स्वेच्छाले निकाल्न सक्ने छ ।
पौरखी विशेष वचत खाता
यस खातामा सदस्यहरुले न्यूनत्तम रु १००/-र सो भन्दा माथीको रकम स्वेच्छाले कार्यालय समयमा जतीपनि वचत गर्नसक्ने छ । यस खातामा दैनिक मौज्दातमा ९% का दरले व्याज उपलब्ध गराइने छ । प्रत्येक ३ महिनामा व्याजलाई सावाँमा जोडिने छ । यस खातामा जम्मा गरेको रकम कार्यालय समय भित्र स्वेच्छाले निकाल्न सक्ने छ ।
पौरखी मुद्धती निक्षेप
यस खाता खोल्दा सदस्यहरुले न्यूनत्तम रु १०,०००/- जम्मा गर्नुपर्ने छ । यस खातामा जम्मा भएको रकमको ९०% सम्म कर्जा लिन सकिने छ । यसरी मुद्धती रसिदमा कर्जा लिदा पाएको व्याजमा ३ प्रतिशत थप व्याज लाग्ने छ ।

 

अवधी

मासिक व्याज भुक्तानीमा

त्रैमासिक व्याज भुक्तानीमा

वार्षिक व्याज भुक्तानीमा

अवधीको अन्तमा व्याज भुक्तानी

3 months

-

-

-

11%

6 months

11%

11.25%

-

12%

1st year

13.5%

13.75%

14%

14%

2nd year

13.75%

14%

14.25%

14.5%

3rd year

14.75%

15%

15.25%

15.5%

4th year

15.75%

16%

16.25%

16.5%

5th year

-

17%

17.25%

17.5%

 

यस खातामा निश्चित अवधीको लागि सदस्यको घर, पसल र अफिसबाटै रकम जम्मा गर्ने गरी सदस्यहरुले न्यूनत्तम रु १००/-र सो भन्दा माथीको रकम रु १००/- ले भाग जाने अंक बराबरको रकम दैनिक, मासिक साप्ताहिक स्वेच्छाले जम्मा गर्नसक्ने छ । निश्चित अवधी पुगे पछि सावाँ र व्याज एकमुष्ट भुक्तानी दिइनेछ । वा सदस्यले चाहेका समयावधी थप गर्न सक्ने छ । यस खातामा व्याज दैनिक मौज्दातको आधारमा दिइने छ । कर्जा लिन चाहने सदस्यहरुले यो खाता अनिवार्य रुपमा सञ्चालन गर्नुपर्ने छ । यस खातामा व्याज तपशिल अनुसार दिईने छ ।     

पौरखी आवधिक वचत खाता 

 

समयावधी व्याज दर
६ महिना   ९%
१ बर्ष     ११%
२ बर्ष ११.५०%
३ बर्ष १२%
४ बर्ष  १२.५%
५ बर्ष १३%

मेरो खुत्रुके वचत योजना

यस योजनामा अभिभावकहरुको संरक्षकत्वमा नाबाबालकहरु मात्र सहभागी हुन पाउने छन् । खाता सञ्चालनको समयमा निशुल्क रुपमा खुत्रुके उपलब्ध गराईने छ र खुत्रुकेको सा“चो कार्यालयमा राखिने छ । खाता सञ्चालनको पहिलो दिनमा खाता सञ्चालकको खातामा न्यूनत्तम रु ५००/- अनिवार्य रुपमा जम्मा गर्नुपर्ने छ । खाता सञ्चालकको घरमा खाता सञ्चालकको उपस्थीति र अभिभावकको रोहबरमा महिनाको १ पटक खुत्रुकेबाट पैसा निकाली खाता सञ्चालकको पास बुकमा चढाइने छ । खुत्रुकेमा मासिक न्यूनत्तम रु ३०/-र सो भन्दा माथी जतिपनि हुनसक्ने छ । यस खातामा मासिक वचतमा १% का दरले व्याज उपलब्ध गराइने छ । प्रत्येक ६ महिनामा व्याजलाई सावाँमा जोडिने छ । खाता सञ्चालन गरेको २ बर्ष अवधी सम्पन्न भएपछि मात्र खाता सञ्चालकले चाहेमा अभिभावकको रोहबरमा वचत रकम निकाल्न पाउने छ ।
 

दिदीबहिनी वचत खाता 

यस खातामा खाता सञ्चालकले चाहेको वखतमा रकम जम्मा गर्न र निकाल्न पाउने छ । यस खातामा न्यूनत्तम मौज्दात रु ५०००/- हुनुपर्ने छ । यस खातामा मासिक न्यूनत्तम मौज्दातमा ११.५% का दरले व्याज उपलब्ध गराइने छ । प्रत्येक ३ महिनामा व्याजलाई सावाँमा जोडिने छ । यस खाता सञ्चालकहरुलाई हिन्दु धर्म परम्परा अनुसार दिदीबहिनीहरु विशेष महान् चाड हरितालिका तिजको अवसरमा विशेष उपहार दिईने छ ।


आमाबुवा वचत खाता

यो खाता ५५ बर्ष उमेर पुरा गरेका आमाबुवाहरुले मात्र सञ्चालन गर्न पाउनुहुने छ । यस खातामा खाता सञ्चालकले चाहेको वखतमा रकम जम्मा गर्न र निकाल्न पाउने छ । यस खातामा न्यूनत्तम मौज्दात रु १००००/- हुनुपर्ने छ । यस खातामा मासिक न्यूनत्तम मौज्दातमा १% का दरले व्याज उपलब्ध गराइने छ । प्रत्येक ३ महिनामा व्याजलाई सावाँमा जोडिने छ । यस खाता सञ्चालकहरुलाई आमाबुबाहरुको विशेष पर्व अवसरमा विशेष उपहार दिईने छ ।

कर्जा तथा सापट योजना

यो योजनाको प्रमुख उद्धेश्य सरल व्याजदरमा सरल तरिकाले ग्राहक महानुभावहरुलाई कर्जा तथा सापट रकम उपलब्ध गराउनु हो । यसले सदस्यहरुलाई उत्पादनशिल क्षेत्रमा लगानी प्रबद्र्धन गर्न सहयोग पु¥याउदछ । दैनिक आय आर्जनको श्रोतको विकास गरी सदस्यहरुलाई व्यवसायिक बनाउर्दैं उनीहरुको आर्थिक, सामाजिक तथा सास्कृतिक समुन्नती गर्दछ । ग्राहक महानुभावहरुले कर्जा तथा सापट योजनामा सहभागी हुन पौरखी आवधिक वचत खाता अनिवार्य रुपमा सञ्चालन गरेको हुनुपर्दछ । संस्थाको नियमानुसार प्रति कित्ता रु १००/- मूल्यको ५ कित्ता शेयर खरिद गरेको हुनपर्दछ (शर्त लागु हुनेछ) । शेयर खरिद पश्चात् बार्षिक रुपमा हुने संस्थाको मुनाफाबाट समेत सदस्यहरुलाई लाभान्वित गराईनेछ । यो योजना अन्र्तगत् यस संस्थाले आफ्ना सदस्यहरुलाई तपशिल अनुसारको कर्जा उपलब्ध गराउ“दछ । 

कर्जा लगानी शिर्षक
     

1 उद्योग कर्जा १८ देखी २१%
2.    व्यापार कर्जा    १८ देखी २१%
3. शैक्षिक कर्जा  १८ देखी २१%
4 घर तथा जग्गा कर्जा १८ देखी २१%
5 छोटो अवधिको कर्जा १८ देखी २१%
6 सामुहिक जमानीमाकर्जा १८ देखी २१%
7 शेयर धितोमा कर्जा  १८ देखी २१%
8 हायरपर्चेज कर्जा १८ देखी २१%
9 बैदेशिक रोजगार कर्जा १८ देखी २१%
10 मुद्धती रसिदको धितोमा कर्जा (थप) तिन प्रतिशत

.  

                                            

   

   

       

.        

 

Save
Attractive Saving Schemes