
-
ऋणीहरुलाई अत्यन्त जरुरी सूचना सूचना नियमितरुपले कर्जाको किस्ता तथा ब्याज भुगतान गर्ने सदस्यहरुलाई हार्दिक धन्यवाद...
-
रेमिटयान्सको कार्य शुरु पौरखीग्रुप होटेल ट्राभेल एण्ड टुर्स र पौरखी सहकारीको संयुक्त तत्वधानमा...
-
आकर्षक निक्षेप योजना INFORMATION दुःख संग आर्जन गरेको पैसालाई अनाबश्यक खर्च नगरी त्यसलाई आफ्नो...
-
हरियो तरकारी वा मस्यौरा हरियो तरकारी वा मस्यौरा आदी उत्पादन गरी त्यसलाई ड्राई फुड्सकोरुपमा...
हाम्रो परिचय
हाम्रो पौरखी बचत तथा ऋण सहकारी संस्था लि. सामाजिक सेवाभाव, आपसी सहयोग र आर्थिक समुन्नतीका लागि सहकार्य र सहकार्यका लागि सहकारी भन्ने भावनाबाट अभिप्रेरित भई पौरखी ग्रुप इन्टरनेशनल नेपाल लिमिटेड कम्पनीको नागरिक स्वरोजगार तथा सहकारी विकास योजना अन्र्तगत् स्थापना भएको संस्था हो । यो संस्था सहकारीको विश्वव्यापी मूल्य मान्यता, सिद्धान्त र आदर्श प्रति प्रतिबद्ध रही मुलुकको आर्थिक समुन्नतीमा नागरिक समाजको प्रवल भूमिका बनाउने उद्धेश्यले स्थापना भएको हो । यो नेपाल सरकारको सहकारी ऐन २०४८ र नियमावली २०४९ अनुसार विधिवत रुपमा सहकारी डिभिजन कार्यालय काठमाडौंमा दर्ता भएको छ । मिति २०६६ फाल्गुण ११ गते दर्ता भई दर्ता नं २९०९/०६६/०६७ प्राप्त गरेको यो सहकारी संस्थाको केन्द्रिय कार्यालय काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं २९ गोगंबुमा रहेको छ । यो संस्था पौरखी ग्रुप इन्टरनेशनल नेपाल लिमिटेड कम्पनीका संस्थापक सदस्यहरु एवं लगानीकर्ताहरु, वित्तिय क्षेत्रमा अनुभवी र व्यवसायिक दक्षता हासिल गरेका व्यक्तित्वहरु, स्वदेश तथा विदेशमा कार्यरत् रही संस्थागत् व्यवस्थापनको क्षेत्रमा लामो अनुभव हासिल गरेका स्वदेशबासी एवं गैरआवाशिय नेपाली नागरिकहरुको सहभागितामा स्थापना भएको हो । वर्तमान प्रतिष्पर्धात्मक वित्तिय वातावरणमा स्वस्थ्य प्रतिष्पर्धाबाट आर्कषक व्याज प्रदान गरी कार्य क्षेत्र भित्रका आम नेपाली नागरिकहरुलाई वचत तथा ऋण कारोवारमा समाहित गराउने योजनाका साथ यो सहकारी संस्थाको स्थापना भएको छ । यस संस्थाले स्थानिय रुपमा छरिएर रहेका साना निष्कृय पूँजीहरु र प्रवासमा कार्यरत पौरखी सदस्यहरुको कमाईको सानो अंशलाई एकिकृत गरी व्यवसायिक क्षेत्रमा लगानी प्रबद्र्धन गर्दैं जाने र वित्तिय क्षेत्रमा आम सर्वसाधारणहरुको पहु“चको विकास गर्ने उद्धेश्य राखेको छ । यस संस्थाले आफ्ना सदस्यहरुबाट संकलित निक्षेप तथा वचत रकम उनै सदस्यहरुलाई सरल र सहजढंगबाट सुलभ व्याजदरमा कर्जा प्रवाह गरी व्यसायिक दक्षताको विकास गराई आर्थिक रुपले सवल र सक्षम बनाउदै जाने छ र स्वयं आफूलाई अब्बल दर्जाको सवल र सक्षम वचत तथा ऋण सहकारी संस्थाको रुपमा स्थापित गर्दैं जाने योजनाका साथ अगाडी बढेको छ ।


